© 2023
काठमाडौं । बासबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीसँग बयान लिन थालेको छ । सीआईबीले सांसद चौधरीसँग बिहानैदेखि बयान थालेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको राेहवरमा बयान थालिएको हो । अहिले पनि बयान जारी छ