© 2023
काठमाडौँ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी भएको छ । आगो लागेपछि बैंक र भवनमा रहेका मानिसहरुबीच भागदौड मच्चिएको छ । स्थानीय र सुरक्षाकर्मी आगलागी नियन्त्रणमा लागिपरेका छन् । आगलागी के कारणले भयो भन्नेमा खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।