© 2023
वीरगञ्ज, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताउनुभएको छ । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पार्नुभयो । मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै