© 2023
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ जरहवागाछीमा भएको आगलागीपछि ५ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बुधबार लागेको आगोले त्यहाँका १ सय १० घर जलेर नष्ट भएका थिए । आगोले सत्ताकपडासँगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको विचल्ली भएको हो । आगलागीपीडितले वस्ने शितल ठाउँ पनि पाएका छैनन् ।