© 2023
काठमाडौँ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बैठक पुन: आजै साँझ ६ बजे बस्ने गरी सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए । बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको र विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे छलफल भएको छ ।