© 2023
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवस महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो ।