१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दसैँमा सिनेमा हल खुल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए ।
 
उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताए ।

दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उनले थपे, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।