काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको आठौँ बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
यता आजै बसेको राष्ट्रियसभाको बैठक भने आगामी असोज १७ गते बस्नेगरि सकिएको छ। राष्ट्रियसभाको बैठक बिहान ११ बजेबाट बसेको थियो ।