काठमाडौँ । नेकपा एमाले बिभाजन गराउनका लागि जारी गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा रहेका दुई दललाई अप्ठारो परेपछि फिर्ता हुने भएको छ । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई अध्यादेशले अप्ठारो पारेपछि प्रधानमन्त्री देउवाले फिर्ता लिन लाग्नु भएको हो । आज मध्यान्न ४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय हुन्छ होला एक माओवादी स्थायी समितिका सदस्यले न्युजपोलारसंग भन्नुभयो ।
आज बिहान मात्र माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने तयारी भएको जानकारी गराउनु भएको थियो । अध्यादेश फिर्ता पछि मन्त्रीपरिषद् विस्तार हुने त्यसका लागि आजै वा भोलि शिर्षनेताहरु बीच मन्त्रालय बाँडफाँडका बिषयमा छलफल हुने पनि ती नेताले जानकारी दिनुभयो ।