१४ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अझै खुलेनन् नाकाः पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द



अ+ अ-

काठमाडौं । गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे । सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो । उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे । नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के ।

सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन् । सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन् । पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ । जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ । तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ ।

प्रदेश १ को प्रमुख नाका विराटनगरमात्र नभई प्रदेश २ को प्रमुख नाका वीरगन्जको अवस्था पनि उस्तै छ । बन्द नाका नखुल्दा सवारीसाधन लिएर वारपार गर्न रोक छ । ०७६ चैत ११ गतेदेखि बन्द भएको विराटनगरस्थित रानी नाका ०७८ साउन २७ गतेदेखि खुकुलो पारिएको छ । पैदल यात्रीका लागि नाका खुकुलो पारिए पनि सवारी आवागमनमा रोक यथावत छ । नाकाका ढाट दुवैतर्फ बन्द रहे पनि पैदल यात्रुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आउजाउ गर्न दिइएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।