१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव



Navin Sriwastava
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव
अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदूतका लागि भारत सरकारले नवीन श्रीवास्तवलाई औपचारिरुपमा प्रस्ताव गरेको छ ।

भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार श्रीवास्तवलाई नेपालका लागि राजदूतमा पठाउन लागिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीका अवसरमा गर्नुहुने नेपाल भ्रमण अगावै भारतले काठमाडौँमा नयाँ राजदूत पठाउन लागेको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्ने श्रीवास्तवले दुई वर्षअघि लद्दाखमा चीनसँग सुरु भएको सीमा विवाद विषय सुल्झाउन कूटनीतिक र सैनिक संवादमा उल्लेखनीय भूमिका खेलेका थिए ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवमा पदोन्नति भई कार्यभार सम्हाले पछि नेपालमा भारतीय राजदूतको पद रिक्त छ ।

वर्तमान अवस्थामा श्रीवास्तवले भारतीय विदेश मन्त्रालयलमा रहेर चीन, जापान, उत्तर र दक्षिण कोरिया तथा मंगोलिया मामिला हेर्दै आएका छन् । उनी चीन मामिलामा अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले बताउँदै आएका छन् । उनले चीनको सांघाईमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् ।