१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् ।

शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताउनुभयो । “हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रबारदेखि छाडेको छ”, उहाँले भन्नुभयो, “फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।” सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर राखिएको भए पनि हावाहुरीका कारणले टावरमा समस्या आएको हुँदा मोबाइल फोन गर्न समस्या भएको स्थानीयवासी रामबहादुर सञ्जयालले बताउनुभयो । “दुई दिनदेखि मोबाइलले फोनको काम गरेको छैन्”, उहाँले भन्नुभयो, “टावरमा समस्या आएका कारणले यो समस्या आएको हो कि ?”

पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध हुन पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । “टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएका कारण फोन सेवा अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौंँ ।”

हावाहुरीका कारणले जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालीकोटले जनाएको छ ।