काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पनि लिने भएका छन्। त्यसका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । आज बिहान मात्रै प्रदेश मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकबाट असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।
जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था छ।
१०४ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन्। जनता समाजवादी पार्टी (जसपा) टुक्रिएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।