१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इजरायलका विदेशमन्त्री बहराइनमा



अ+ अ-

मनामा । इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गर्नु भएको छ  । बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उहाँ त्यहाँ पुग्नु भएको समाचारमा उल्लेख छ । 

गल्फ एयरको विमान दुई देशहरु बीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिनु भएको थियो । 

संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गत वर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लािग बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले शुरु गरेको छ । (रासस-एएफपी)