२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नर्भिकको एनिभर्सरी अफर : हेल्थ प्याकेजहरुमा छुटै छुट



अ+ अ-

काठमाडौं । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ ।

अस्पतालले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ ।

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवको अवसर पारेर नर्भिकले क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु ल्याएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी रु. १४००० कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ ।

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत बैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट रु. ११००० रहेको छ ।

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत बैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज रु. ५५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ ।

यस्तै, नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी प्याकेज’ समेत घोषणा गरेको छ । यो प्याकेज विशेष खालको फूलबडी चेकअप प्याकेज हो । यो प्याकेजमा २० वटा विशेष खालका परीक्षण समावेश गरिएको छ । साबिकको शुल्कमा ३० प्रतिशत छुट गरी यो प्याकेज १८७०० रुपैयाँमा खरीद गर्न सकिनेछ । यो प्याकेज आगामी आइतबार अर्थात बैशाख ४ गतेदेखि लागू भई १० दिनसम्मका लागि रहनेछ ।

यसैगरी, नर्भिक अस्पतालले एनिभर्सरीकै अवसर पारेर अस्पतालबाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत बैशाख ४ गते आइतबारदेखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइनेछ । सो कुपनले बैशाखभरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ ।