२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चन्द्रागिरि हिल्समा सुरू भयो स्विङ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरि पर्यटकीय गन्तव्यको रूपमा अगाडि रही आएको छ । धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडोमा अहिले स्विङ सञ्चालनमा आएसँगै पर्यटकीय केन्द्रको रुपमा थप चर्चा बटुलेको छ ।

दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुद्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरि पुगिरहेका हुन्छन् । चन्द्रागिरी पुगेपछि जिपलाईनदेखि विभिन्न ठाउँहरुको दृश्यावलोकनले हरेक व्यक्तिलाई मनोरम तुल्याउँछ । त्यसपछि हालै सञ्चालनमा आएको स्विङको अनुभव लिएपछि पर्यटकहरु आफूलाई आनन्दित महसुस गर्छन् ।

हप्तामा सातै दिन सञ्चालनमा आउने १५ सय २० स्क्वायर फिटमा फैलिएको यस स्विङमा एकपटकमा दुई जनाले स्विङ गर्न सक्ने अपरेशनल म्यानेजर दुर्गा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्विङको उचाई ४० फिट रहेको छ । अन्दाजी ३५ फिटबाट ‘फ्री फलिङ’को मजा लिन सकिनेछ । स्विङ गर्नका लागि एक व्यक्तिलाई चार सय रुपैयाँ तोकिएको छ । यसमा आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि एकै मूल्य निर्धारण गरिएको छ । यद्यपि, मुटुरोग सम्वन्धि विरामी, शारिरिक रुपमा असक्त व्यक्तिलाई स्विङमा बन्देज गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार स्विङबाट चखेल गाउँ, काठमाडौं उपत्यका, चन्द्रागिरी रिसोर्टको अवलोकन गर्न सकिन्छ । दैनिक २० देखि २५ जनाले स्विङको अनुभव लिने गरेको थापा बताउनुहुन्छ ।

बिहीबार कीर्तिपुरदेखि चन्द्रागिरी घुम्न आउनुभएका र पहिलोपटक स्विङको अनुभव लिनुभएका अभिषेक दाहालले भन्नुभयो ‘स्विङको अनुभव निकै रमाइलो रह्यो । पहिलो स्विङ एकदमै मजा आयो, पिङ नै खेलेको जस्तो अनुभव हुँदोरहेछ ।’

धार्मिक र ऐतिहासिक घटनाले परिचित तथा पर्यटकीय केन्द्रको रुपमा रहेको चन्द्रागिरिबाटै काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ । काठमाडौं उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको जानकारहरु बताउँछन् ।