१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपत्यकामा ७२ प्रतिशतले लगाए खोप



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जानकारी दिनुभयो । काठमाडौं जिल्लामा १८ वर्षमाथिका ७५ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको पूर्ण खोप लगाएको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कुल १६ लाखभन्दा बढीले काठमाडौँमा खोप लगाएका छन् । पहिलो मात्रा मात्रै लगाउनेको सङ्ख्या ११ लाख ५३ हजार रहेको छ । सचिव खड्काका अनुसार पूर्ण खोप कभरेज दरको हिसाबले काठमाडौँ अहिले बागमती प्रदेशकै दोस्रो बढी खोप लगाउने जिल्ला बनेको छ ।

प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ वर्षमाथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । भक्तपुरमा १८ वर्षमाथिका कुल दुई लाख ४६ हजार ८५१ जनामध्ये कुल एक लाख ८६ हजारले पूर्ण खोप लगाएका हुन् । यस्तै तेस्रो बढी खोप लगाउने रसुवा जिल्ला ठहरिएको छ । त्यहाँ १८ वर्षमाथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

यसैबीच देशभर ६७९ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार ४०५ जना निको भएका छन् । सात जना सङ्क्रमितको निधन भएको छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।