१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टी एकीकरण गर्न वार्ता भइरहेको प्रचण्डको खुलासा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी  केन्द्र) का  अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल  बुद्धिजीवी  सङ्गठनको  राष्ट्रिय  भेलालाई  सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे । 

दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

अध्यक्ष  प्रचण्डले देशको राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको र त्यसमा आफू सचेत बनेको स्पष्ट  पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे । आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा पुनः फर्कने विषयमा  छलफल भइरहेको बताउँदै  प्रचण्डले एउटा दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी बताए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ नखुलाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।