१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मौसम परिवर्तनको असरः समयअघि नै फुल्यो गुराँस



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी (टिएमजे)मा समयअघि नै लालीगुराँस फुलेको छ । मौसम परिवर्तनका कारण विगतका वर्षमा चैत÷वैशाखमा फुल्ने लालीगुराँस माघदेखि नै फुलेर तीनजुरेका जङ्गल राताम्य भएका छन् ।

पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको फूल फुल्ने समयमा परिवर्तन आएको छ । नेपालको राष्ट्रिय फूल लालीगुराँसले यतिबेला तीनजुरे क्षेत्रका वनपाखा रङ्गीन बनाएको छ । फागुनको अन्त्यतिर कोपिला लाग्न सुरु हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीले बताएका छन् । लालीगुराँस फुलेपछि गुराँसको राजधानी तीनजुरेले सबैको मन लोभ्याउने गर्दछ । तीनजुरे क्षेत्रमा गुराँस फुलेसँगै यतिबेला सेल्फी लिनेको भीड छ ।

तीनजुरेका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ । तीनजुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो । गुराँस फुल्ने याम सुरु भएसँगै तीनजुरे क्षेत्र रातै भएको देख्न सकिन्छ । गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको छ ।

प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले रमाइलो भएको आन्तरिक पर्यटक छिना घिसिङले बताउनुभयो । सङ्खुवासभाको पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । गुराँस फुल्ने याममा तीनजुरे क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यस वर्ष राम्रो अन्य वर्षभन्दा पहिले नै गुराँस ढकमक्क फुलेको स्थानीयवासी कृष्ण तामाङले बताउनुभयो ।

तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजाति पनि रहेका छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँसले तीनजुरे क्षेत्र भरिएको छ ।