१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री देउवाबाट गान्धीको समाधिमा पुष्पहार अर्पण



अ+ अ-

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सो अवसरमा उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उहाँको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गर्नुभयो ।

प्रधानमन्त्रीका साथमा प्रथम महिला डा.आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्मागान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुग्नुभएको थियो ।

गान्धीको समाधीमा पुष्पहार चढाएलगत्तै प्रधानमन्त्री देउवा राजनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ । रासस