१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीको दिल्ली यात्रा र उठाउनै पर्ने एजेण्डा



अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि भारतको तीन दिवसीय औपचारिक भ्रमण गर्नुभएको छ ।

गत असार ८ गते प्रधानमन्त्रीमा पाँचौँपटक नियुक्त हुनुभएका प्रधानमन्त्री देउवाको पछिल्लो प्रधानमन्त्रीत्वकालमा यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदीबीच शनिबार द्विपक्षीय औपचारिक वार्ता हुने तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

यसबाहेक भ्रमणका क्रममा नेपालले भारतसमक्ष उठान गर्नुपर्ने विषय प्रधानमन्त्री देउवाले उठाउनु हुन्छरहुन्न भन्ने सर्वत्र चासोका रुपमा हेरिएको छ ।

अहिले मुख्यरुपमा कालापानी, लिम्पियाधुरा, लिपुलेकदेखि सुस्तासम्मको सीमा समस्या र इपीजी प्रतिवेदन उठाउनै पर्ने विषय बनेका छन् ।

नेपाल र भारतबीच सबैभन्दा लामो समयदेखि समाधान हुन नसकेको समस्या भनेको सीमा समस्या नै हो । नेपाल र भारतबीच करिब ९६ प्रतिशत सीमा विवाद समाधान भएको छ तर त्रिदेशीय सीमा लिम्पियाधुरा र दक्षिणी सीमा सुस्तामा अहिले पनि विवाद कायमै छ । कालापानी पछिल्लो समय चर्किएको विवाद हो ।

नेपाल र भारतले नै विवादास्पद क्षेत्र मानेको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले एकपक्षीयरुपमा सडक निर्माण गर्न थालेपछि नेपालले विरोध गरेको थियो । अझ भारतले ती क्षेत्रलाई आफ्नो भूभागमा समेटेर नक्सा जारी गरेपछि नेपालले पनि ती भूभागलाई समेटेर आधिकारिक नक्सा जारी गर्यो ।

नक्सा प्रकरणपछि दुवै देशबीच चिसिएको सम्बन्धलाई न्यानो बनाउन नेपालले वार्ताका लागि आग्रह गर्दा भारतले कोभिडको बहाना देखाएर पन्छिएको छ ।

यसपालिको भ्रमणमा प्रधानमन्त्री देउवाले भारतसमक्ष यो विषयलाई विशेषरुपमा उठाउनुपर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले सीमासम्बन्धी देखिएको यो विवाद समाधानका लागि पुनः सम्वाद अगाडि बढाउन पहल गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन तयार भएको करिब चार वर्ष भएको छ । विसं २०७५ असार १६ गते दुवै देशका प्रबुद्ध व्यक्ति समूहको नवौँ बैठकले साझा प्रतिवेदन तयार गरेको थियो ।

सो प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने तय भएको थियो । तर भारतीय प्रधानमन्त्रीले उक्त प्रतिवेदन अहिलेसम्म बुझ्न मानेका छैनन् ।

प्रतिवेदनमा १९५० को सन्धि पुनरावलोकन, नेपाल–भारत सीमामा परिचयपत्र कार्यान्वयन, आतङ्कवाद र तस्करी नियन्त्रणका लागि संयुक्तरुपमा अघि बढ्ने उल्लेख छ।

प्रधानमन्त्री देउवाको भ्रमण थाँती रहेको यो विषय उठाउनुपर्ने विज्ञहरु बताउँछन् ।