१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने



अ+ अ-

काठमाडौं । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात् स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (एलसी) पनि जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले एकीकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा आम्दानी गरेका नेपाली कम्पनीले नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि विदेशी ऋण लिन चाहेमा यहाँका बैंकहरूले बैंक ग्यारेन्टी वा एलसी जारी गर्न पाउनेछन् ।

त्यसका लागि अधिकतम सीमा भने ५० लाख डलर बराबरको  रहेको छ । यस्तो सीमा बैंक ग्यारेन्टी वा एलसीको निवेदकले पछिल्ला ५ आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राको सीमाभन्दा बढी हुनेछैन । राष्ट्र बैंकले अन्य प्रक्रियागत शर्त पनि तोकेको छ । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।