२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, सुन्दरीजल तनावग्रस्त



Symbolic Picture
अ+ अ-
काठमाडौँ । टिपरको ठक्करले स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएपछि काठमाडौँको सुन्दरीजल क्षेत्र तनावग्रस्त बनेको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका–१ को मेलम्ची चोकमा बा ४ ख ६९६५ नम्बरको खाली टिपरको ठक्करबाट बाबुले चलाएको मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको हो ।
बाबु रोहन घिसिङ घाइते भएका छन् भने उनका दुई छोरी सृष्टि र श्रेयाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु वल्र्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे। बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीय समुदायले टिपरमा ढुङ्गामुढा गर्दै टिपरमा आगजनीसमेत गरेका थिए । अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
प्रहरीले स्थानीय समुदायमाथि अश्रुग्याससमेत प्रहार गरेको छ । स्थानीय समुदायका अनुसार टिपरले ब्याक गरेको बताएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।