१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको छ ।
अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो ।

कस्मेटिक, स्कीन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ । छालामा भएका विभिन्न समस्याहरु भएकाले नर्भिकमा आएर अत्याधुनिक सेवा लिन सक्नेछन् ।

डा.  बज्राचार्यअनुसार नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो प्रडक्ट उपलब्ध हुनेछ । ‘आवश्यक सबै उपकरणहरु अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ ।’ उहाँले भन्नुभयो–‘उपकरणहरु आउन केही समय लाग्छ । ती उपकरण पनि आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौं ।’

नर्भिकले विगत ७ वर्षदेखि डा. सिरपाकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपिडी संचालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई बिस्तार गरी कस्मेटिक समेत थपेर वृहत रुपमा नयाँ ढंगले संचालन गरिएको हो ।

डा. बज्राचार्यसँग कस्मेटिक र स्किनको समस्या निराकरणका लागि काम गरेको ८ वर्ष लामो अनुभव रहेको छ ।
नर्भिकमा डा. बज्राचार्यको ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ ।