१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धनुषामा प्रहरी र व्यवसायीबीच झडप, अश्रुग्यास प्रहार



अ+ अ-

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित तिनकोरिया चोकमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

पान पसलमा शनिबार मध्यराति आगजनी गरिए पनि नजिकै रहेको प्रहरीले थाहा नपाएको भन्दै व्यापारीहरू प्रदर्शनमा उत्रिएका थिए ।

उक्त विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

झडपमा केही सामान्य घाइते भएका छन् भने भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।