काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस निकट डिएलएले लोकतान्त्रिक कानून व्यवसायीहरुको पेशागत र बौद्धिक सङ्गठनका रुपमा नेपाल बार एसोसिएसनको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य पार्टी निकट सङ्गठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन भन्दै उहाँले यदि त्यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउने बताउनुभयो।