१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पच्चीस हजार सवारीसाधन बाहिरिए



अ+ अ-

काठमाडौँ । नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसाधनको सङ्ख्या र यात्रु सिट क्षमताका आधारमा यत्तिको सङ्ख्यामा यात्रु बाहिरएको जानकारी दिनुभयो । सो सङ्ख्या क्रमशः बढ्ने देखिन्छ । विभिन्न नाकाबाट तीन दिनमा जम्मा एक लाख व्यक्ति भित्रिएका छन् । त्यस्तै, २० हजार सवारीले प्रवेश गरेका छन् । उहाँका अनुसार भित्रिनेभन्दा बाहिरिनेको सङ्ख्या दोब्बर पुगेको छ । सवारीसाधनको सङ्ख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन् । असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन् ।

त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०/२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।