काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार प्रचण्डको नायबीमा चलेको आरोप लगाउनु भएको छ । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डको नायबीमा सरकार संञ्चालन भएपनि वास्तबिक पात्र पर्दा पछाडी रहेका बताउनुभयो । उहाँले भन्नुभयो, "यस्तो सरकारको के आलोचना गर्नु के टिप्पणी गर्नु ।"
उहाँले भन्नुभयो, ‘अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि विस्तार भएको मन्त्रीमण्डलमा पनि जनताले मन्त्रीलाई देख्दा अर्कोतर्फ फर्कनुपर्ने अवस्था छ।’ वर्तमान गठबन्धनलाई सत्ता जोगाउने ध्यान बाहेक देशको लागि सोच्ने समय नै नरहेको उहाँको भनाई थियो ।
ओलीले भन्नुभयो- 'आरोप अहिले सत्ता गठबबन्धनका नेता साँठगाँठ जोगाउन मात्र केन्द्रित छन् । गठबन्धनले कांग्रेसलाई भोट कुन चुनाव चिन्हमा हाल्ने भन्ने नै टुंगो भएको छैन । चितवनमा छोरीलाई जिताइयो, बाउलाई जिताइयो के पाइयो भन्ने गम्भीर प्रश्न कांग्रेस जनमा उठेको छ । यसले पनि धेरै प्रश्न उठान गर्छ ।'
उहाँले थप्नु भयो, 'अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर।’
एमालेको चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताउनुभयो ।