१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति



अ+ अ-

काठमाडौं । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ। बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकका तीन प्रदेशमा बढी क्षति पुगेको छ । लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ मा बढी क्षति भएको हो । प्रारम्भिक सूचनाका आधारमा तीन प्रदेशमा धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘वर्षाले तीन प्रदेशका १५ जिल्ला धानखेती बढी प्रभावित भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘करिब ६ अर्ब रूपैयाँको धानबाली नष्ट भएको प्रारम्भिक सूचना आएको छ ।’ क्षतिको आकार बढ्न सक्ने उनले बताए । विभिन्न जिल्लाबाट तथ्यांक आउने क्रम जारी रहेकाले पूर्ण तथ्यांक नआएको सञ्जेलले बताए ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुमपूर्व, प्युठानमा बढी क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र चार अर्ब ५५ करोड ४३ हजार रूपैयाँ मूल्यको धानमा क्षति भएको मन्त्रालयले जनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।