१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देउवा–मोदी भेट ४ वर्षपछि ग्लास्गोमा



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो ।

साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको मोदीसँगको भेट नै पछिल्लो हो । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए

कूटनीतिज्ञ एवं देउवा चौथो पटक प्रधानमन्त्री हुँदाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दुईपक्षीय भेट महत्त्वपूर्ण हुने र यसले सहकार्य गर्न सघाउने बताए । नेपालका प्रायस् प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण भारतको गर्दै आएका छन् । देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हुन लागेको हो । पुष्पकमल दाहालले १३ वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनको गरेका थिए ।

दाहाल त्यति बेला ओलम्पिक समापन समारोहमा सहभागी हुन बेइजिङ गएका थिए । भारतले नेपालमा नयाँ प्रधानमन्त्री बन्नासाथ राजकीय भ्रमणको निम्तो दिने गरेकामा दुई दशकयता झलनाथ खनाल र सुशील कोइरालाले मात्र त्यस्तो निमन्त्रणा पाएका थिएनन् । छुट्टै राजकीय भ्रमण नगरे पनि कोइराला भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहका लागि भने भारत गएका थिए । देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ । उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने जनाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।