१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसद् अधिवेशन अन्त्य हुँदा एमसिसी मुख्यालयको चासो



अ+ अ-

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार जारी विज्ञप्तिमा एमसिसीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि साझा मूल्य, प्रजातान्त्रिक मान्यता र विश्वासमा आधारित सुदृढ साझेदारीको निरन्तरता एमसिसी परियोजना भएको जिकिर गरेको छ । एमसिसी अघि बढ्ने नबढ्ने अब नेपालकै हातमा रहेको पनि उसले स्पष्ट पारेको छ । 

एमसिसीले भूकम्पपछि अमेरिकाले नेपाललाई गरेको सहयोग, कोभिडविरुद्ध हालै १६ लाख खोप उपलब्ध गराएको पृष्ठभूमि उल्लेख गर्दै एमसिसी सम्झौता अनुमोदन गर्न कूटनीतिक दबाब दिएको छ । अमेरिकाले दिने भनेको ५० करोड अमेरिकी डलरबराबरको एमसिसी सम्झौता नेपाली कानुनअनुसार संसद्बाट पारित गर्न ढिलाइ हुनुले लाखौँ नेपालीहरूले लिने फाइदामा ढिलाइ भएको पनि एमसिसीले जिकिर गरेको छ ।

एमसिसीका उपाध्यक्ष फतेमा सुमारको नेपाल भ्रमण, सरकारले पठाएका प्रश्नहरूको प्रस्टीकरण उल्लेख गर्दै एमसिसीले नेपाल सरकारको प्रतिबद्धताले सम्झौताको आगामी बाटो स्पष्ट पारिसकेको पनि दाबी गरेको छ । एमसिसी पारित हुनुअघि नै संसद्को अधिवेशन अन्त्य भए पनि गठबन्धनका नेताहरूले एमसिसी संसद्बाट पारित गर्ने प्रक्रियाबारे जानकार रहेको धारणा व्यक्त गरेको एमसिसीले विज्ञप्तिमा उल्लेख गरेको छ । एमसिसी पारित हुन भइरहेको ढिलाइले ५० करोड अमेरिकी डलर अनुदानबाट हुने परियोजनाले दुई करोड ३० लाख मानिसलाई भरपर्दो ऊर्जा सुरक्षित रोडको पहुँचमा पुग्न ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ । (नयाँ पत्रिका दैनिकमा समाचार छ)