१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतबाट साढे दुई करोडको केरा आयात



file
अ+ अ-

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् । तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ ।

भारतबाट केरा आयात हुँदा कैलालीको केरा किन काठमाडौं आएन त रु कैलालीको केरा किन कुहिने अवस्था आयो त रु नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँको स्पष्ट जवाफ छ, ढुवानीको समस्या । बानियाँ भन्छन्, कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पु¥याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात गर्नुप¥यो ।’

बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पु¥याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो । ‘उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या छ । कैलालीमा उत्पादित केराले यो समस्या भोगिरहेको छ,’ बानियाँले भने ।

ढुवानी मात्रै होइन, नेपाली उत्पादनमा ग्रेडिङ गर्ने प्रणाली पनि छैन । ग्रेडिङ नहुँदा पनि धेरै सामान कुहिने गर्छ । ग्रेडिङ राम्रो नहुँदा किसान र व्यापारी दुवैलाई नोक्सानी हुन्छ । ‘सामान ढुवानीमा सहजता र राम्रो ग्रेडिङ गेरर सामान बजारमा पठाउने हो भने भारतबाट केरा आयात गर्नुपर्ने अवस्था नै छैन, नेपालमै उत्पादित केरा राम्रो छ, ढुवानीमा असहजता र ग्रेडिङको अभावमा नेपाली किसानको केरा खेतमै कुहिने अवस्था छ,’ अध्यक्ष बानियाँ भन्छन् ।

उनले यो वर्ष ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात गरेर तिहारका लागि आवश्यक मागलाई आपूर्ति गरेको बताए ।

त्यस्तै, यो वर्षको तिहारमा मात्रै ३ करोड रुपैयाँबराबरको सुन्तला भारतबाट आयात गरिएको छ । नेपालमै सुन्तलाको उत्पादन पर्याप्त हुने भए पनि नेपाली सुन्तला पाकी नसकेकाले भारतबाट आयात गरिएको हो । नेपाली सुन्तलाको तुलनामा भारतीय सुन्तला स्वादिलो हुँदैन ।

नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष बानियाँले अनार करिब १ करोड रुपैयाँ र मेवा करिब १ करोड रुपैयाँको आयात भएको बताए । उनले चीनको नाका बन्द हुँदा यसपटक स्याउ धेरै महँगो भएको बताए । राजधानी दैनिक