१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हैजाविरुद्धको खोप आयो, आइतबारबाट खुवाइने



अ+ अ-

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट मगाइएको ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल आइपुगेको छ । दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप आएको हो । विश्व स्वास्थ्य संगठनले आइतबार साँझ स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गरेको छ । गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको थियो ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० र नेपाल सरकारको अनुरोधमा खोप नेपाल आएको हो । कपिलवस्तुमा पहिलो केस १८ असोजमा देखिएको थियो । त्यसयता नियन्त्रणमा लिन सरकारी चिकित्सकले हरसम्भव प्रयास गरेका छन् । तर, हैजा नियन्त्रणमा नआएपछि खोपको विकल्प खोजिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार हैजाबाट कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ प्रभावित भएको छ । उनीहरूमा अहिले पनि झाडापखाला र बान्ताको समस्या देखिएको छ । हालसम्म एक हजार तीन सय ६४ जना संक्रमित भएका छन् भने सातजनाको मृत्यु भएको छ । प्रवक्ता पौडेलले आगामी आइतबार प्रभावितलाई खोप खुवाइने बताए ।

पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम आवश्यकता पर्ने भएकाले एक साता समय लागेको अधिकारीहरूले बताएका छन् । कपिलवस्तुका प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जना, विजयनगरमा ३५ हजार नौ सय तीनजना र यशोधरामा ३७ हजार सात सय ८३ जना गरी दुई लाख ५२ हजार तीन सय ६३ जनालाई हैजाविरुद्ध खोप खुवाइँदै छ । (नयाँपत्रिका दैनिकमा खबर छ)