सिड्नी/ नेपाली नायिका मौसमी मल्ल अष्ट्रेलियामा पुगेर आफुले अभिनय गरेको चलचित्र कुण्ठाको प्रमोशन सँगै एकीकृत माओवादीको प्रचारमा पनि ब्यस्त देखिएकी छन् । अष्ट्रेलियाको सिड्नीमा ब्यस्त मल्लले एक कार्यक्रममा नेपाली क्रान्तिको विकल्प एकीकृत माओवादी मात्रै भएको बताएकी छन् ।
रेडियो जनादेशले सिड्नीमा गरेको रात्रीभोजमा सहभागी उनले आफु मल्ल ठकुरीको छोरी भए पनि शोशण र दमन विरुद्ध एकीकृत माओवादी लागेकाले एकीकृत माओवादी मन परेको बताइन ।
मौसमीले एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभामा अनपेक्षित पराजय बहोरेकोमा आफुलाई दुःख लागेको अनलाइनचौतारी लाई बताइन । साथै उनले कलाकारहरुले भोट हाल्न भए जस्तै आफ्नो मतलाई खुलमखुला गर्न समेत सक्नुपर्ने धारणा राखिन् ।
अहिलेको अवस्थामा एकीकृत माओवादी संविधानसभामा पराजित भए पनि उसका मुद्धाले भने जितेको मल्लको भनाइ छ ।
तीन दशक नेपाली चलचित्रमा विताएकी मौसमीले एकीकृत माओवादी नेतृत्वको सरकारको पालामा नै कला क्षेत्रमा धेरै काम भएको बताइन् ।