यो बर्षको धान दिबस तत्कालिन कृषि बिकास मन्त्री हरिप्रसाद पराजुलीको छायामा प¥यो । अनि सार्बजनिक पद धारणा गरेका ब्यक्तिहरुको पदीय मर्यादा पनि सिकाईदियो । धान दिबसको दिन अनुहारमा लागेको हिलो महिलाहरुको कपडामा टाउको धसी धसी पुछ्दा, हिलो त पुछियो तर नियत पुछिएन । मैले आर्शिबाद लिएको, कुनै दुब्र्यबहार नगरेको मन्त्रीको प्रष्टिकरण तथा तस्बीर र भिडियोमा देखिएका महिलाहरुले मन्त्रीको नियत गलत नभएको भने पनि त्यसले मन्त्रीको पद जोगाउन सकेन । तर पद खोसिए पनि यौन दुब्र्यबहार कसुरमा कारबाही हुने सम्भाबना कम देखिएको छ । मन्त्रीको राजिनामा पछि सबै चुपचाप छन । न ट्वीटे बोलेको छन न त फेसबुकेले नै हल्लाखल्ला मच्याएका छन । घरभित्र भएका घटनाहरु खोतली खोतली ल्याएर सडकमा छरपष्ट गर्ने अधिकारकर्मीहरुको आँखाले सडकभन्दा अलि पर खेतमा भएको घटना किन देखेनन ताजुक लागिरहेछ ।
पूर्बमन्त्रीले पनि ल्याण्डक्रुजर गाडि दाइजो नल्याएको निहुँमा यातना दिएका हुन, पत्नी संगीताका अनुसार । तराईमा केटाको अध्ययन अनुसार दाईजो तय हुन्छ । साईकलदेखि, गाडिसम्म, खडेरीदेखि छाप्रो र महलसम्म । हजारदेखि करोडसम्मका दाइजो लेनदेन भएकै हुन्छन । विश्वका अरु देशमा के हुन्छ कुन्नि नेपाल र भारतमा दाइजोकै कारण महिलाहरुले चरम यातना पाएका समाचारहरु नौलो होइनन । सामान्य मानिसदेखि राज्यको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउनेसम्मले त्यसो गरिरहेकै छन ।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एबं पूर्बकानुन मन्त्री बृजेशकुमार गुप्ताले श्रीमतीलाई चरम यातना दिएको, नोकरसंग सुत्न बाध्य पारेकोलगायतका समाचार आईरहेका छन । उनकी पत्नी संगीताले यी आरोपहरु कुनै साथीलाई वा आफन्तलाई नभई सार्बजनिक रुपमा पत्रकार सम्मेलन गरेर भनेकी हुन । यी पंक्तिहरु लेखिरहँदा पूर्बमन्त्री गुप्ताबाट यसको कुनै खण्डन आएको छैन, यसले संगीताको आरोप निराधार हुन भन्न सकिने आधार पनि भएनन ।
तराई मधेसमा दाइजोका बाहनामा महिलाहरुले चरम यातना पाउने गरेका समाचारहरु बाहिर आईरहेकै छन । पूर्बमन्त्रीले पनि ल्याण्डक्रुजर गाडि दाइजो नल्याएको निहुँमा यातना दिएका हुन, पत्नी संगीताका अनुसार । तराईमा केटाको अध्ययन अनुसार दाईजो तय हुन्छ । साईकलदेखि, गाडिसम्म, खडेरीदेखि छाप्रो र महलसम्म । हजारदेखि करोडसम्मका दाइजो लेनदेन भएकै हुन्छन । विश्वका अरु देशमा के हुन्छ कुन्नि नेपाल र भारतमा दाइजोकै कारण महिलाहरुले चरम यातना पाएका समाचारहरु नौलो होइनन । सामान्य मानिसदेखि राज्यको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउनेसम्मले त्यसो गरिरहेकै छन । देश भूकम्पले थिलथिलो भईरहेको समाचार आईरहँदा अघिल्लो महिना मधेसी जनअधिकार फोरम नेपाल (अहिले संघीय समाजबादी फोरम नेपाल) का अध्यक्ष उपेन्द्र यादबले भड्किलो तरिकाले छोराको बिबाह गराएको समाचारहरु आए । अतिशबाजीका साथ होटलमा तामझामका साथ गरिएको बिबाहमा दाइजो तिलकको प्रबेश भएन भनेर कसरी पत्याउने ? उपप्रधानमन्त्री भइसकेका र अहिले सभासद रहेका यादब मात्रै हैन अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कार्यालयबाटै छोरीको बिबाह गराएको घटना सेलाई सकेकै छैन । यस्ता घटनाहरु प्रशस्तै छन ।
ससुराली हिंडेका एक ज्वाँईले ससुराली घर नजिकै पुगेपछि मात्रै आफू खाली हात आएको सम्झिए । ससुरालीको घरमुनी फलेको मकैंको एउटा घोगो भाँचे अनि सानले ससुराको हातमा टक्र्याए । ज्वाँईले टक्र्याएको कोशेसी ससुराले बडो जतनका साथ दलिनमा सिउरिए ।
जन्मेदेखि बिबाह गर्न योग्य हुँदासम्म उसमाथि भएको लगानीलाई पैसामा रुपान्तरण गर्ने हो भने कत्ति होला ? के मानिसको पैसासंग तुलना गर्न सकिएला ? ससुरालीको मकैको घोगो भाँचेर कोशेली बनाउने अनि पछि बारी नै मेरो भन्ने प्रबृतिका ज्वाँईहरुलाई प्रश्न गर्न मन लागिरहेछ ? मकै ज्वाईहरुसंग यसको उत्तर होला ? आफ्नो योग्यतालाई पैसासंग तुलना गर्नेहरुले श्रीमतीको योग्यता, क्षमताको कदर गर्नु पर्दैन ?
अर्को साल खडेरीले बालीनाली केहि भएन । बीउ जोगाउनभन्दा जीउ जोगाउनु नै पहिलो प्राथमिकतामा प¥यो ससुराको । घरमा भएका सबै अन्न सकियो । बाली लगाउने बेला भयो । पूरै गाउँ भोकमरीमै थियो, बीउ कस्ले दिने ? खोज्दै जाँदा ज्वाँईले दिएको कोशेली एक घोगो मकै दलिनमै सुरक्षित रहे । ज्वाँईको केहि खान हुन्न भन्न मान्यतामा रहेका ससुरा ठूलो संकटमा परे । तै पनि ज्वाँईले ल्याएको कोशेली बारीमा रोपे । मकै राम्रै फल्यो । ज्वाँईले ल्याएको कोशेलीले काम दिएकामा ससुरा दङ्ग परे । एक घोगोको साटो एक मुरी नै ज्वाँईलाई टक्र्याउने योजना बुने । तर ज्वाँईले अस्वीकार गरे ।
केहि बर्ष बित्यो ।
ज्वाँई फेरी ससुराली पुगे ।
घोगोको साटो मुरी लिन अस्वीकार गरेका ज्वाँईले मकै बारीनै आफ्नो दाबी गरे । ज्वाँईको खान नहुने मान्यताले जगडिएका ससुरा न हुन्, –सुम्पिए बारी नै ज्वाँईलाई ।
पैसा देखेपछि महादेबको त तीन नेत्र भनिन्छ, कलियुगमा ज्वाँईका रुपमा उदाएका महादेबहरुको महिमागान गाएर के सम्भब होला र ?
एउटा मानिस हुर्काउन, बढाउन, पढाउन, संस्कार सिकाउन कत्ति गा¥हो छ ? जन्मेदेखि बिबाह गर्न योग्य हुँदासम्म उसमाथि भएको लगानीलाई पैसामा रुपान्तरण गर्ने हो भने कत्ति होला ? के मानिसको पैसासंग तुलना गर्न सकिएला ? ससुरालीको मकैको घोगो भाँचेर कोशेली बनाउने अनि पछि बारी नै मेरो भन्ने प्रबृतिका ज्वाँईहरुलाई प्रश्न गर्न मन लागिरहेछ ? मकै ज्वाईहरुसंग यसको प्रश्न होला ? आफ्नो योग्यतालाई पैसासंग तुलना गर्नेहरुले श्रीमतीको योग्यता, क्षमताको कदर गर्नु पर्दैन ?
तराईमा भैंसीदेखि ल्याण्डक्रुजरसम्म दाईजो मागेको समाचारहरु आएका छन, केटाको योग्यता अनुसार । तर केटीको योग्यताको सम्मानको कुरा कहिं कतै आउँदैनन । सबै खर्च ससुरालीले ब्यहोर्नु पर्छ भन्ने मान्यता राख्ने र यही कारणले याताना दिनेहरुलाई यो पृथ्वीमा बाँच्ने हक छैन ।
आमाबाबुको कमजोरी सन्तान हुन भने सन्तानले पनि आमाबाबुको अपमान सहन सक्दैन । तर कतिपय ज्वाइ यस्ता हुन्छन, जो ससुरालीको अपमान नगरी बस्न सक्दैनन । एक महिला दुखेसो गर्दैथिइन बिबाह पछि हुँदो खाँदोको जागीर पनि छुट्यो, पढाईलाई पनि निरन्तरता दिन सकिएन, केहि समयमा छोराछोरी जन्मिए, उनीहरुको स्याहार सुसार गर्दैमा दिन बित्छ । अहिले श्रीमान कमाइ खोइ भनेर दिनरात टोकसो गरेर हैरान पार्छन । छोराछोरी हुर्काउनु काम हैन ? छोराछोरीको स्याहार सुसारमा २४ घण्टा बित्छ, निदाउँदा समेत दिसापिसाब ग¥यो कि भनेर चनाखो हुनुपर्छ । कुन चाहिं पुरुष २४ घण्टा लगातार खटिएका छन, छोराछोरीको स्याहार सुसारमा ? छोराछोरीको स्याहर सुसार गरेर श्रीमान बस्ने हो भने जुनसुकै महिलाले पनि कमाई गरी परिवार पाल्न सक्छन । म यो दाबी गर्न सक्छु । श्रीमानको मात्रै पनि दोष नहुँदो रहेछ, बाहिर कस्को कस्को कुरा सुनेर आउने अनि नानाभाँती भन्ने, हातपात गर्ने दिनचर्या नै हुन थाल्यो पछि कुन चाहिं महिलाले सहेर बस्छन ।
तरकारी किन्ने कुरा हुन थाल्दा माइतीको बारीमा फलाएकी छेस, टिभी हेर्न मन लाग्दा माइतीले दिएको हो, कतै घुम्न मन लाग्दा तेरो बाउआमाले पैसा दिएका छन र भन्ने ? जहाँ जेमा पनि जसरी पनि श्रीमानले आमाबुबा दाइ भाउजु जोडेर बारबार अबमूल्यन गर्छन । महिलाले पनि सासु, ससुरा, नन्द आमाजूको अबमूल्यन गरिरहे हालत के होला । सोच्नु पर्दैन ।’
सन्तान नभएको भनेर बिबाहित जोडीहरु सन्तान प्राप्तीका लागि करोडौं खर्चन किन तयार हुन्छ । यदि कसैले श्रीमतीलाई पैसासंग मात्रै तुलना गर्छ भने त्यो भन्दा बढि पैसा त छोराछोरीको पर्न सक्छ, भन द्रब्य पिचास तिम्रो सन्तानको मूल्य कति हो । बजारमा लगेर बोल बडाबढमा राख, बिज्ञापनको जमाना छ क्रेताहरु जति पनि आउन सक्छन । हैन भने सम्भाबनाका सबै ढोका बन्द गरेर श्रीमतीको कमाई मात्रै खोजेर यातना नदेऊ । नारी सहनशीलको प्रतिबिम्ब त हुन तर त्यो सहनशीलताको बाँध फुट्यो भने तिमीलाई पनि बगाउने छ ।
बिबाह गरेपछि खाने मुख बढ्छ, यसले स्वभाबिक रुपमा खर्च बढ्छ । झन छोराछोरी भएपछि समस्याहरु थपिदै जान्छन । छोराछोरीहरु सानै भए पछि श्रीमान श्रीमती नै बाहिर कमाउन जाने भन्ने हुँदैन । त्यहाँमाथि श्रीमतीलाई घरबाहिर पठाउनु हुन्न भन्ने संकीर्ण सोच पाल्ने अनि कमाई पनि खोज्ने, कस्तो बिरोधाभास छ ? केहि नहुनेहरुले सन्तानलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छन । बाबु छोराको बास्तबिक सम्बन्ध, बाबुछोरीको प्राकृतिम सम्बन्ध कति पैसा खर्च गरेर प्राप्त हुन्छ ? यदि प्राप्त हुँदो हो त, किन यी सबै सम्बन्धहरुलाई बैद्य, जायज, प्राकृतिक बनाउन मानिसहरु लाग्दथे । सन्तान नभएको भनेर बिबाहित जोडीहरु सन्तान प्राप्तीका लागि करोडौं खर्चन किन तयार हुन्छ । यदि कसैले श्रीमतीलाई पैसासंग मात्रै तुलना गर्छ भने त्यो भन्दा बढि पैसा त छोराछोरीको पर्न सक्छ, भन द्रब्य पिचास तिम्रो सन्तानको मूल्य कति हो । बजारमा लगेर बोल बडाबढमा राख, बिज्ञापनको जमाना छ क्रेताहरु जति पनि आउन सक्छन । हैन भने सम्भाबनाका सबै ढोका बन्द गरेर श्रीमतीको कमाई मात्रै खोजेर यातना नदेऊ । नारी सहनशीलको प्रतिबिम्ब त हुन तर त्यो सहनशीलताको बाँध फुट्यो भने तिमीलाई पनि बगाउने छ ।
हिंसा सहने तर पतिको कृत्रित, खोक्रो आर्दश र प्रतिष्ठाका लागि धेरै समय सहें भन्ने महिलाहरुको संख्या बढि पाईएको छ । गाउँमा मात्रै हैन सहरमा पनि महिलामाथिको हिंसा बढेकै छ । अझै पनि हिंसा घरभित्रै हुने र लुकाउने बिषय हुन भन्ने परिरहेको छ । हिंसा सार्बजनिक हुँदा आफूमाथि पनि प्रश्नहरु उठ्ने शंकाले महिलाको मनको घरमा डर गरेको छ । लोग्ने पिटाई खाएर सडकमा बजारिँदा समेत भ¥याङबाट लडेको भनेर ढाकछोप गर्न महिलाहरु किन बाध्य भए, त्यसको पनि खोजी गर्न ढिलो भइसकेको छ । हिजोसम्म श्रीमानको प्रतिष्ठाका लागि हिंसा लुकाउने महिलाहरु आज छोराछोरीको भबिष्यका लागि भनेर लुकाइरहेका छन ।
[email protected]
Source : www.khabarbani.com