जनप्रिय खनाल
पहिलो भेटमै आँखा जुध्दा, म त पानी–पानी भए
हृदयमा के छाप पार्यौ, सपनीमा त रानी भए
लडीबुडी खेल खेल्यौं, तल माथि त कति कति
थिच्ने, दाब्ने, घोट्ने अनि कति तानातानी भए
भोक प्यासले तड्पिएको धेरै दिन भाको थियो
मुर्गा भेटें कुम्भकर्ण झैं म त झन दानी भए
अधरपानको नशामा, तिम्ले नाइँ–नाइँ भन्यौ बरु
अंगप्रत्यंगहरु चुम्नलाई पनि म नै सधैं ज्ञानी भए
असिन पसिन भयौं तिमी मेरो तिर्खा अधुरै थ्यो
निकै भोगे–भोगे तिम्लाई, सन्तुष्टिकी खानी भए