२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डिभी पीआर लिने ६२ कर्मचारीले जागिर छोड्दै : मन्त्री पण्डित



अ+ अ-

काठमाडौ, भदौ १९ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआरकै कारण जागिर छोड्ने र छोड्न चाहनेको संख्या ६२ जना पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा मन्त्रीे पण्डितले डिभी र पीआरकै कारण जागिरबाट राजिनामा दिनेको संख्या ४ रहेको, त्याग्नेको संख्या १०, परिवारसँग डीभीपीआर भएको जानकारी दिने ७, परित्याग गर्न चाहेको १० जानकारी दिए ।
उनले भने–‘संविधान बनेपछि राजनीतिज्ञलाई पनि कारवाही हुन्छ । डीभी पीआर लिनेहरुमा महाविपत्ति आईसकेको छ ।’
संयुक्त सरकारको बाध्यताका कारण पेन्सन रोक्न नसकेको जानकारी दिदै उनले प्रहरी, सेना, टेलिकम र विश्वविद्यालयमासमेत पीआर र डीभीको विषयमा परिपत्र गरिसकेको बताए । संविधान जारी भएपछि प्रधानमन्त्रीको कार्यालयदेखि जहाँ पनि बसिरहेका राजनीतिज्ञहरुमाथि पनि कारवाही हुने दावी गरे ।

थारु नेता धनिरामको बर्खास्ती हुने
मन्त्री पण्डितले सरकारी कर्मचारी भएर थरुहटको आन्दोलनको नेतृत्व गरिरहेका
धनिराम चौधरीलाई जागिरबाट बर्खास्तीसम्म हुनसक्ने बताए । उनले भने, ‘चौधरीलाई कारवाहीको प्रक्रिया सुरु भइसकेको छ । बर्खास्तीसम्म हुनसक्छ ।’ बताए ।
नयाँ संविधानमा कर्मचारीहरुको ट्रेड यूनियन अधिकार नखोसिने भन्दै हडताल गर्न पाउने अधिकार भने नहुने स्पष्ट पारे ।