बुटवल । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको थियो ।
सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् ।
यता हरि काफ्ले र परमानन्द भट्टराई सचिवमा तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।