१० बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तीन पुस्तादेखि बसोबास गर्दै आएको वस्ती नै किर्ते गरेर बिक्रि गरेपछि



अ+ अ-

काठमाडौं । तीन पुस्तादेखि बसोबाास गर्दै आएको सिरहा मिर्चैया नगरपालिकाको रम्पुरा गाउँको यो दलित बस्ती सिरहा नगरपालिकाकै रासो धुनियासँग दलित परिवारले ५० वर्ष भन्दा पहिले खरिद गरेका थिए । तर जग्गा पास नहुँदै धुनियाको मृत्यु भएपछि जग्गा पास दलितका नाममा जग्गा पास भने भएको थिएन ।

गाउँकै भरत यादवले धुनियाको नाम रहेको फूलवरीयाको १८ नम्बर कित्ताको सात कठ्ठा दश धुर जग्गा २०७० सालमा किर्तेगरी आफ्नो नाममा नामसारी गराई २०७५ आसोजमा गोलबजार नगरपालिकाका रामपरीक्षण यादवलाई बिक्री गरेपछि दलित परिवारको बिच्चली भएको हो । मिर्चैया नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मोहन पोख्रेलले यादवले आफूलाई झुक्याएर घरबाटो, बस्ती केही नभएको सिफारिस गराएर दलित बस्ती बिक्री गरेको स्वीकारेका छन् ।

दलितबस्तीका अगुवा रामेश्वर महाराले भने भूमाफियाले पुरै बस्ती खाली गर, नत्र ज्यान मार्ने भन्दै धम्की दिने गरेको आरोप लगाएका छन् ।
बस्ती खाली गर्न भूमाफियाले धम्की दिएपछि किर्ते गरी दलित बस्ती बिक्री गर्ने भूमाफियालाई कारबाही दलित परिवारले माग गरेका छन् ।

दलित परिवारले बस्ती फिर्ताको माग गरी स्थानीय न्यायिक समिति, जिल्ला प्रशासन, जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुई नम्बर प्रदेश कार्यालय बर्दिवासमा उजुरी दिएका छन् । तर ती कुनै निकायले अहिलेसम्म पीडित परिवारको उजुरीमाथि सुनुवाइ नै गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।