

काठमाडौँ । प्रदेश २ सरकारले सोनाम ल्होछारको अबसरमा माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आईतबार सुवर्णपुर ठोरी गाउँपालिकामा आयोजित बाघमोर्च कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा बिदा दिने घोषणा गरेका हुन् ।
उनले प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास रहेको उल्लेख गर्दै संघीय सरकारले बिदा कटौती गरेपनि प्रदेश सरकारले बिदा दिने बताएका हुन् ।