

बीबीसी । बेलायतको अदालतले मृत्यु भएका महिलाको शवमा यौन सम्पर्क गर्ने एक युवकलाई ६ वर्षको जेल सजाय सुनाएको छ ।
कसिम खुराम नामको २३ वर्षीय सो युवकले इंगलिस फ्युनरल होममा रहेका महिलाका शवमा रातको समयमा गएर यौन सम्पर्क गरेका थिए । उक्त युवक चोरीको कार्यमा संलग्न रहँदै आएको बताइएको छ । उनले ९ वटा शव राख्ने बाकस खोलेको पाइएको छ ।
औधोगिक शहर बिरमिङघमको स्थानीय अदालतका न्यायाधीश मेलबर्न इम्मानले सो युवकले सबै मानवजातिको संवेदनामा चोट पुर्याएको जनाएका छन् ।
गएको नोभेम्बरमा भएको सो घटनाका समयमा ती युवकले भोड्का र लागूऔषध खाएको पाइएको समाचारमा जनाइएको छ । ती युवाले अदालतमा घटनाको बारेमा माफी मागेको उनका कानुनव्यवसायीले बताएका छन् ।