

धरान। सुनसरीमा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–७ को बाँगेका धनबहादुर तामाङ र उनका छोरा गोपाल तामाङ रहेका छन् ।
बाबु–छोराले आफ्नै घरमा गोरु काटेर मासु बिक्री गर्न लागेको भन्दै बराहक्षेत्र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिक्री गर्न लागेको भनिएको ६० केजी गोरुको मासु पनि बरामद गरेको जनाएको छ । साथै बाबु–छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।
यसअघि धरानमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका थिए ।