

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने घाइते भएका छन् ।
बुधबार साँझ दाङकै दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप सडकबाट १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।