

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन्।
इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईका अनुसार बम रहेको स्थानमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले बताएका छन्
प्रहरीका अनुसार खानेपानी पाइप जोड्ने सकेटबाट निर्माण गरिएको बमको चुच्चोमा रातो तार देखिन्छ। प्रहरीले उक्त बम विप्लप कार्यकर्ताले खसालेको हुनसक्ने बताएको छ।