

काठमाडौँ । सात वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सुखीपुर नगरपालिका ८ का २० बर्षीय संजय साह तेली रहेका छन् ।
तेलीले विहिवार दिउँसो स्थानीय एक सात बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेका थिए । पीडित परिवारले घटनाबारे थाहा पाएपछि उजुरी दर्ता गराएको र लगत्तै प्रहरी परिचालन गरी उनलाई पक्राउ गरिएको हो ।