१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महाभूकम्प बारे वैज्ञानिकको डरलाग्दो खुलसा ! नेपालमा फेरी….



अ+ अ-

काठमाडौं । नेपालमा बैंशाख १२ गते सबैंको आँखा अगाडी नैं याद आइरहेको छ । नेपालमा महाभुकम्मप गएको झण्डैं तिन वर्ष वितिसक्दा पनि अझैं धेरैं जिल्लाहरुमा पुर्ण रुपमा पुर्णःनिर्माण हुन सकेको छैन । यो बिचमा नेपालका लागि भारतबाट एकदमैं दुःखद खबर आएको छ । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ । यस्तो भारतीय विश्लेषणसँगैं नेपालमा अर्को त्रास फैंलिएको छ ।

“दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,” अध्ययन प्रतिवेदनमा भनिएको छ, “नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।” नेपाल आफैंमा एक भुकम्पको जोखिम भएको देश हो त्यसैंले यहाँ निर्माण हुने संरचना भुकम्प प्रतिरोधी हुन आवश्यक रहेको विज्ञहरु बताउँछन ।

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।

उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ । भारतीय विज्ञहरुले नेपालको पश्चिम तराईलाई केन्द्र बनाएर भुकम्प आउने भएको हुनाले युपी बिहारमा निमार्ण हुने संरचनामा ख्याल गर्नुपर्ने बताएका छन ।