२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राजस्थान रोयल्सको पहिलो जित, गोपालको घातक बलिङ



अ+ अ-

काठमाडौं । लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ । यो सँगै बेंगलोरको अघिल्लो चरण कठिन बन्न थालेको छ ।

१ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३१ बलमा २ चौेका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । १६ ओभरको पहिलो बलमा स्टिम स्मिथ २३ रन बनाएको अवस्थामा युजवेन्द्र चाहलको बलमा उमेश यादवले बाउन्ड्री लाइन नजिकै सहज क्याच छाड्न पुगेका थिए ।

अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे । बेंगलोरले अन्त्यतिर फिल्डिङको क्रममा धेरै गल्ती गरेको थियो । बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।