१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी वयोवृद्धा भण्डारीको निधन



अ+ अ-

पाँचथर । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेकी थिइन् ।

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए ।

भण्डारीको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।