काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
आज पार्टीको वेबसाइटमार्फत् कांग्रेसले महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो। नामावलीमा तर सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेकका ४ हजार तीन सय १९ जना रहेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली मात्र सार्वजनिक गरेको हो ।