२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच सम्झौता



अ+ अ-

काठमाडौँ । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत विक्रि वितरण हुने भएको छ । 

बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी विक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रवन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतासँगै अब दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाइन सपिङमा निःशुल्क डस्प्लेको सुविधा पाउनुका साथै त्यसका लागि आवश्यक प्रचार, दृश्य लगायतको सुविधा पाउने भएका छन् । हस्ताक्षर समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ को कारण साना तथा मझौला उद्योगको बजार सञ्जाल टुटेको र व्यापार व्यवसायमा गिरावट आएको बताउनुभयो । महासंघ र दराजबीचको सम्झौताले बजार सञ्जाललाई जोड्ने उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा साना उद्यमीहरुको उत्पादनलाई आक्रामक रुपमा पु¥याउन सके उद्यमीहरुलाई ठुलो राहत हुने उहाँको भनाई छ ।

कार्यक्रममा उपस्थित महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रामिण भेगमा उत्पादित सामग्रीहरु ग्राहकले खोजिरहेको अवस्था भएपनि बजारीकरणको माध्यम नहुँदा समस्या भएको बताउनुभयो । उहाँले महासंघ र दराजबीचको सम्झौतापश्चात रेशमी र घरेलु उद्यमद्वारा उत्पादित सामग्रीहरुको बजारीकरण हुने बताउनुभयो ।

दराज नेपालका प्रवन्ध निर्देशक लिनो अलरिङले यस सम्झौताबाट नेपालका अन्य क्षेत्रमा थप विक्रेताहरुलाई दराजमा भित्राउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दराज नेपाल साना तथा मझौला व्यवसायको सशक्तिकरणका लागि काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सम्झौता अनुसार २०२२ जनवरीदेखि २०२२ डिसेम्बर सम्म साना तथा मझौला उद्योगलाई कुनैपनि शुल्क नलाग्ने, ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने तथा दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्ने भएको छ । त्यस्तै महासंघले भने आफ्नो नेटवर्कमार्फत् साना तथा मझौला उद्योगको उत्पादनहरुलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने जनाइएको छ ।